इन्द्रेणी संवाददाता
दाङ, ४, बैशाख । नेपाल पत्रकार महासंघ दाङको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । आज पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रमको आयोजना गरी चैत्र २५ गतेको निर्वाचनाबाट निर्वाचित कार्यासमितिलाई पद हस्तान्तरण गरिएको हो ।
महासंघका निवर्तमान अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा सचिव भुपेन्द्र वलीले नवनिर्वाचित आरके शितललाई महासंघको माइन्यूट हस्तान्तरण गरिएको थियो भने महासंघका अध्यक्ष प्रियासनले आफ्नो कार्यकाललाई सफल बनाउने आफ्नो कार्यसमितिका पदाधिकारीलाई मायाको चिनो प्रदान गरेका थिए ।
यसैबीच महासंघका पहिलो बैठकले नवनिर्वाचित कार्यसमितिलाई निर्वाचित गराउन र सबै तहबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ भने महासंघको नियमित बैठक, आगामि कार्ययोजनाबारे महत्वपूर्ण निर्णय गरेको छ ।