हापुरे, २० फागुन । बिश्वमा महामारीका रुपमा रहेको कोरोना भाइरसको नियन्त्रणका लागि भ्याक्सिन लगाउन बबईमा अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो ।
तेस्रो चरणमा शिक्षक, पहिले खोप लगाउन छुटेका कर्मचारी, महिला स्वास्थ्य स्वयमसेबिका, जनप्रतिनीधि र ५५ बर्ष उमेर पार गरेका नागरिकका लागि खोपको ब्यबस्थापन गरिएको छ । स्थानीय पालिकामै खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालिम समेत प्रदान गरिएको छ । गर्भवती महिलाले बाहेक सबैले खोप लगाउन मिल्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।
बबई गाउपालिकामा फागुन २३ गतेदेखि २६ गतेसम्म स्वास्थ्य चौकी हंसपुर, हापुरे स्वास्थ्य ईकाईमा फागुन २७ गतेदेखि २९ गतेसम्म, बबरपुर स्वास्थ्य ईकाई केन्द्रमा चैत्र १ र २ गते, पञ्चकुले स्वास्थ्य चौकीमा फागुन २४ र २५ गते खोप लगाउने स्वास्थ्य शाखा प्रमुख हेमराज वलीले जानकारी दिए ।
यस्तै आधारभूत स्वास्थ्य केन्द्र चरकमटियामा २५ र २६ गते, मलईका लागि फागुन २७ गते, आधारभूत स्वास्थ्य केन्द्र गंगटेमा २३ र २४ गते र सिमलकुनामा २५ गते खोप लगाउने तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख वलीले जानकारी दिए ।
यसैबीच गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलको संयोजकत्वमा खोप समन्वय समिति गठन गरिएको