तिर्थराज ज्ञवाली
देउखुरी , २० फागुन । लुम्बिनी प्रदेशको दाङ जिल्ला अन्तरगत राप्ती गाउँपालिकामा स्वास्थ्य चौकीमा सुत्केरी हुने आमालाई उपाध्यक्ष कोसली दिन थालिएको छ ।
विहिवार एक कार्यक्रमको आयोजना गरि लालमटिया र सिसहनिया स्वास्थ्य चौकीहरु बाट कोसेली दिने कार्यक्रमको उद्घाटन गरिएको छ ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसी, वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावत, निमिक्त प्रमुख प्रशासकिय अधिकृत महेश अधिकारी, स्वास्थ्य चौकी प्रमुख धन बहादुर खड्का लगायतको सहभागीतामा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले सुत्केरीलाई कोसेली स्वरुप आवस्यक सामाग्री प्रदान गरि कार्यक्रमको सुरुवात गर्नु भएको हो ।
संस्थागत प्रसुतिलाई थप प्रोत्साहित गरी मातृ मृत्यु तथा नव शिशु मृत्यु कम गर्न उपाध्यक्ष कोसेली कार्यक्रम संचालन गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।
राप्ती गाउँपालिका अन्तर्गतका बर्थिङ सेन्टरमा प्रसुति भएको समयमा उपाध्यक्ष कोसेली दिईनेछ । उपाध्यक्ष कोसेली अन्तर्गत पेटीकोट १ पिस, पेन्टी १ पिस, सेनिटरी प्याड १ पाकेट, नङकट १ पिस, लुगाधुने सर्फ आधा किलो, जोन्सन वेवी सोप १ पिस, जोन्सन वेवी पाउडर १ पिस, जोन्सन वेवी ओइल १ पिस राखीएको छ ।