दाङ, २० फागुन । दाङमा ११ वर्षकी बालिका बलात्कृत भएकी छन् ।
माछा मारेर फर्कदै गरेका किशोरहरुले बालिकालाई जङ्गलको बाटोमा एक्लै भेटेपछि १३ वर्षको किशोरले बलात्कार गरेको र १२ वर्षको किशोरले बालिकालाई समातेको प्रहरीको भनाइ छ । बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।