हापुरे, १९ फागुन । जिल्ला समन्वय समिति दाङले स्थानीय पालिकामा भइरहेका कामको अनुगमन कार्यलाई जारी राखेको छ । जिल्ला समन्वय समितिले जिल्लामा रहेका दशवटै पालिकामा चालु आर्थिक बर्षमा भइरहेका भौतिक पुर्बाधारका कार्यको अनुगमन गर्न सुरु गरेको हो ।
यसै क्रममा जिल्ला समन्वय समितिको टोलीले बबई गाउँपालिकामा भएका बिकास निर्माणको अनुगमन समेत गरेको छ । जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको नेतृत्वमा बबईमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा बबई गाउँपालिकामा ३५ दशमलब ०४ प्रतिशत काम भएको जनाइएको छ । गाउँपालिकामा २९७ योजनामा अहिलेसम्म १८ योजना सम्पन्न भएका छन् भने १८१ वटा योजना सम्झौता भएको जनाइएको छ ।