दाङ, १८ फागुन । जनजागृति मावि लमडरुवा घोराही १० लमडरुवाका सहायक प्रधानाध्यापक श्रीधर घिमीरेलेको निधन शंकास्पद भएकाले सुक्ष्म अनुसन्धान गर्न विद्यालयले प्रशासनसँग माग गरेको छ । विद्यालयले सोमवार प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई ज्ञापनपत्र बुझाउदै निष्पक्ष र सुक्ष्म अनुसन्धान गर्न माग गरेका हुन् ।
ज्ञापनपत्रमा भनिएको छ –‘विद्यालयका सहायक प्रधानाध्यापक श्रीधर घिमीरे राति घरमा एक्लै भएको र विहान आफ्नै घर अगाडी शंकास्पद मृत अवश्थामा भेटिएको र परिवारको भनाई अनुसार घरमा शंकास्पद वस्तु भेटिएकाले सत्यतथ्य के हो निष्पक्ष छानविन गरि दोषी ठहरिएमा हदैसम्मको कारबाहीको माग गर्दछौ’
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेकाले घटनाबारे सत्यतथ्य पत्ता लाग्ने बताए । उनले घटनाबारे विभिन्न पाटहरुबाट अनुसन्धान गरिने बताए ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले घटनास्थलमा आफूपनि पुगेको र घटनालाई प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताए ।