Indrenionline.com

महिनावारी बारे सचेत बन्दै किशोरीहरु

दाङ, १४ फाल्गुन । किशोर अवस्थाका छात्राहरुमार्फत महिनावारी बारे जानकारी दिन, त्योबेला अवनाउनुपर्ने सावधानी बारे जानकारी गराउन, प्याड प्रयोगबारे सचेतना फैलाउन र प्याडको ब्यवस्थापनका गर्ने उद्देश्यले सरस्वती माध्यमिक विद्यालय भरतपुर दाङमा किशोरी क्लव गठन गरिएको छ ।

महिनावारीका बेला पनि किशोरीहरु नियमित रुपमा विद्यालयमा आउने बनाउन, महिनाबारीबारे छात्राहरु स्वयंमलाई र उनीहरु मार्फत परिवार र समाजमा समेत जानकारी दिनका लागि क्वलको गठन गरिएको सरस्वती माध्यमिक विद्यालय भरतपुर दाङका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिए ।

कक्षा ६ देखि १० कक्षासम्म पढ्ने छात्राहरुको शुक्रवार सम्पन्न भेलाबाट सरस्वती माध्यमिक विद्यालय रोज बहिना किशोरी क्लव गठन गरिएको हो । क्वलमा आवद्ध छात्राहरुले विद्यालयमा अध्ययनरत किशोर अवस्थाका छात्राहरुलाई महिनाबारी र महिनाबारीका बारेमा सचेतना फैलाउने, प्याड प्रयोग गर्ने तरिका, प्याड प्रयोगको महत्व र त्यसको ब्यवस्थापन बारेमा जानकारी गराउने प्रधानाध्यापक पोडेलले बताए ।

छात्राहरुलाई महिनाबारीका लागि आवश्यक पर्ने प्याड एक महिनाका लागि एक जना छात्रालाई १६ वटा प्याड विद्यालयले निशुल्क रुपमा उपलब्ध गराइने विद्यालयले जनाएको छ । विद्यालयका छात्रा मार्फत छात्रा स्वयंमलाई मात्र नभइ उनीहरुको परिवार र समाजमा समेत महिनाबारी बारे सचेतना पुग्ने विश्वास विद्यालयको छ ।