इन्द्रेणी संवाददाता
दाङ, १४ फागुन । दाङ प्रहरीले जुवाको खालबाट आठ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई घोराही ८ सेवारका सुरेन्द्र सेनको घरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुबाट ६४ हजार ३०० नगद र पाँच थान तासका गड्डी पनि परामद गरेको प्रहरीले जनाएको छ ।