इन्द्रेणी संवाददाता
हापुरे, ९ फागुन । बबई गाउँपालिकामा १३ जना अपांग ब्यक्ति ब्यक्तिलाई स्वास्थ्य सामग्री बितरण गरिएको छ । आइएनफको सहयोगमा स्वास्थ्य सामग्री बितरण गरिएको हो । हापुरेमा औपचारिक कार्यक्रम गरी उनीहरुलाई सामग्री बितरण गरिएको हो ।
यस्तै आइएनफले बबईका १० जनालाई बाख्रा बितरण गरेको छ । कोरोना भाइरसका कारण रोजगारी गुमाएका परिवारका सदस्यलाई बाख्रा बितरण गरिएको हो । शान्तिनगर र बबईका गरी २० परिवारलाई बाख्रा बितरण गरिएको हो ।