Indrenionline.com

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चालिसे विजयी

इन्द्रेणी संवाददाता
दाङ, २ फागुन । दाङको तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रामप्रसाद चालिसे विजयी भएका छन् ।

नयाँ नेतृत्वका लागि शनिवार भएको मतदानबाट उनी आफ्ना प्रतिस्पर्धी हिमाल वस्नेतलाई पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । चालिसेले ८२८ मल प्राप्त गरी अध्यक्षमा विजयी भएको छन् । वस्नेतले ७९५ मत ल्याएका छन् ।

त्यसैगरी उद्योग उपाध्यक्षमा ८६० मत ल्याएर ललितजंग शाह विजयी भएका छन् । वाणिज्य उपाध्यक्षमा ९७१ मत पा्रप्त गरी मनिराज भण्डारी विजयी भएका छन् । खुल्ला उपाध्यक्षमा ८५६ मत ल्याएर रुद्रबहादुर खत्री विजयी भएका छन् ।

त्यसैगरी महासचिवमा १०५० मल ल्याएर विनिल केसी विजयी भएका छन् । सचिवमा ६२२ मल ल्याएर खुशलराम शर्मा विजयी भएका छन् । कोषाध्यक्षमा देवबहादुर केसी, सह–कोषाध्यक्षमा कमल गौतम विजयी भएका छन् ।