दाङ, ९ माघ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आफ्नो २० आंै वार्षिकोत्सवका अवसरमा आज शुक्रवार रक्तदान कार्यक्रम गरेको छ । विद्यालयको आयोजना एवं रक्त सञ्चार केन्द्र नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय घोराही दाङको प्राविधिक सहयोगमा ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयको परिसरमा रक्तदान गरिएको थियो ।
घोराही–१५ भरतपुरमा रहेको नयाँ ब्यवस्थापनका साथ मल्टिमिडिया र नयाँ प्रविधिबाट शिक्षण सिकाई क्रियाकलाप गर्दै आइरहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले पठनपाठनका अतिरिक्त वृक्षारोपण, सार्वजनिक सम्पत्तिको सरसफाई एवं संरक्षण, स्थानीय कला संस्कृतिको संरक्षण एवं सम्वद्र्धन लगाएत समाजमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको सभापतित्वमा रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी शाखा रक्त सञ्चार केन्द्र घोराहीका प्राविधिक इच्छा बुढामागर र मनिषा चन्द ठकुरी, कर्मचारी दिलिप चौधरी र मिथुन सेन ठकुरीले प्राविधिक सहयोग गर्नु भएको थियो ।
विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्मा, सञ्चालकहरु ध्रुवराज पौडेल, माधव खनाल, शेयर सदस्यहरु कोमलराज पाण्डेय, पोषणराज पौडेल, केशव रीजाल, प्रकाश अधिकारी, कमल खनाल, भुवन पाण्डेय, कमल थपलीया, विद्यालयका सहायक – प्रिन्सिपल पूर्ण चन्द्र पाण्डेय, विद्यालय कोर्डिनेटर तुलसी शर्मा, तथा शिक्षकहरु विष्णु सिँह ठकुरी, श्रीधर थापा, भुप बहादुर के. सी, दिपक जी.सी, जानका पौडेल, कर्मचारी शुसीला चौधरी, सरद चौधरी, गणेश श्रेष्ठ, शिव बहादुर थापा तथा अभिभावक ससिधर अधिकारी, रामदेव चौधरी, माधवा घिमिरे, सचेत शर्मा, आकास गुप्ता, भुवन आचार्य लगाएतले रक्त दान गर्नु भएको थियो ।