इन्द्रेणी संवाददाता
सुरक्षित खुखुरा तथा दाना व्यवसायी समितिको आयोजनामा दाङ जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा सम्मान कार्यक्रम गरेको छ ।
सुरक्षीत कुखुरा तथा दाना व्यावसायी समितिका अध्यक्ष निम बहादुर बुढाथोकीको अध्यक्षता तथा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर बेद बहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाक्टर केसीले नवनिर्वाचित उद्योग वाणिज्य संघका कार्यसमितिलाई सफलताको शुभकामना प्रदान गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रमममा समितिका अध्यक्ष निमबहादुर बुढाथोकीले कुखुरा व्यावसायी समितिका गुनासाहरु सुनाएका थिए । उद्योग बाणिज्य संगले जिल्लाका वस्तुगत समितिहरुलाई पनि महत्त्वपूर्ण स्थान दिनुपर्ने बताएका थिए । नवनिर्मित कार्यसमितिलाई व्यावसायिक हितमा लाग्न अनुरोध सहित शुभकामना व्यक्त गरेका तिए ।स्वागत तथा सम्मान कार्यक्रमको संचालन समितिका सचिव चन्दन भण्डारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
