तिर्थराज ज्ञवाली
देउखुरी, २९ पुस । माघ महिनाको लाग्नु एक दिन बाँकै हुँदै थारु समुदायमा माघी वर्षको रमझम शुरु भएको छ । यो समुदायको मुख्य वर्षको रुपमा रहेको माघी पर्वलाई भव्य बनाउनका लागि तयारीमा जुटेका छन् ।
राप्ती गाउँपालिका वडा नं ७ तथा शुगन्ध युवा क्लवले ब्यवस्थापन गरेको माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा थारु संस्कृति झल्कने नाच, गीत, खानाका परिकार प्रस्तुत गरिएको थियो ।
सामाजिक विकास समिति संयोजक एवं वडा नं ७ का अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुपवेदीको अध्यक्षतामा भएको माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा राष्टिय कलाकारहरुले थारु गीत संगीत समेत प्रस्तुत गर्नु भएको थियो ।
बड्का नाच, झुम्म्रा नाच, लट्ठीहवा नाच, धमार गीत, सोगिंया गीत प्रस्तुत गर्दै माघ महिनाको सास्कृतिक महत्व तथा थारु संस्कार सभ्यता झल्कने प्रस्तुति देखाइएको थियो ।र्नु भएको थियो ।