इन्द्रेणी संवाददाता
दाङ, २८ पुस । दाङमा प्रहरीले एक जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
वलीले गिरीसँग ब्राउनसुगरको कारोवार गर्दै गरेको गोप्पे सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कारोवारको क्रममा तत्काल वलीलाई ३ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएपनि उनी वस्दै आएको नजिकैको कोठामा खान्तलास लिदा थप ७ ग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनीबाट एक थान तौल मापन गर्ने डिजिटल मेसिन, लागुऔषध ओसारपसार गर्न प्रयोग गर्ने गरेको रा ६ प २५२७ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । साथै वलीको कोठाबाट २४ हजार नगद पनि वरामत भएको छ ।
पुस २६ गते दिउँसो ४ बजेतिर पक्राउ गरिएका वलीलाई आज जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
प्रहरीले घोराही १७ कटुवाखोलास्थित प्लानिङ क्षेत्रको खुल्ला चौरमा वसिरहेका केटाहरुबाट मोवाइत, क्यामरालगायतका सामानहरु लुटनेलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।