हापुरे, २७ पुस । ईलाका प्रहरी कार्यालय खिलतपुरमा समुदाय प्रहरी साझेदारी भवन तथा अस्थायी ट्राफिक प्रहरी कार्यालयको भवन उद्घाटन गरिएको छ । बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले दुई वटा भवनको उद्घाटन गरे ।
बबई गाउँपालिका ६ का वडाध्यक्ष रामबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले प्रहरी कार्यालयमा निर्माण हुने संरचनाले कार्य सञ्चालनका लागि सहयोग पुग्ने बताउनुभयो । प्रहरी र नागरिकको सहकार्यमा मात्रै शान्ति सुरक्षा कायम हुने भन्दै त्यसका लागि सहकार्यको आबश्यकता औल्याए ।
कार्यक्रममा उपाध्यक्ष साबित्रा बिश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टीका लुम्बिनी प्रदेश सदस्य भिमबहादुर वलीले आफ्ना विचार राखेका थिए ।