तिर्थराज ज्ञवाली
देउखुरी, २६ पुस । धार्मिक पर्यटनको विकासका लागि सिसहनियाँ उद्योग बाणिज्य संघले खौराहा बाबा धार्मिक स्थलमा घण्टी राखिएको छ ।
धार्मिक स्थानको पर्बधन गरौ स्थानिय स्तरका पर्यटकीय स्थलको विकास गरौ भन्ने उदेश्यले राप्ती गाउँपालिका वडा नं ५ कालापानीमा पर्ने खौराहा बाबा धार्मिक स्थलमा १५ किलोको घण्टा राखिएको हो ।
राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षतामा भएको पितलको घण्टा अनावरण कार्यक्रममा आगामी दिनमा सो क्षेत्रको विकासमा स्थानिय सरकारको पुनः आर्थिक सहयोग रहेने वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावतले बताए ।
सिसहनियाँ उद्योग बाणिज्य संघले खौराहा बाबा धार्मीक पर्यटकीय स्थलको विकासका लागि स्थानिय सहयोग दाता, धार्मिक ब्यत्तित्व, संघ संस्थाहरुको सहयोगमा मन्दिर निर्माण, पोखरि विस्तार, पीकनिक स्थालको विकास, पीउने पानीको ब्यवस्था गर्न सफल भएको महासचिव ईश्वरी अधिकारीले बताए ।
पितलको घण्टा अनावरण कार्यक्रममा मन्दिर परिसरको सरसफाई, पोखरी सरसफाई सहित स्थानिय वन समुहलाई धार्मीक स्थलको सुरक्षाका लागि सहयोग समेत गरिने संघ का सचिव मदन पोख्रेलले बताए ।
ब्यापारीहरु स्वच्छ ब्यापारको साथै आफ्नो क्षेत्रका विभिन्न सरोकार क्षेत्रको विकासमा निस्वार्थ सेवा तथा सहयोग गर्न तत्पर रहेमात्र सेवा क्षेत्रमा ग्राहक ल्याउन सकिने जसले ब्यापार क्षेत्रको साथै स्थानिय कला संस्कृतिको विकासमा समेत लाभ पुग्ने संघका पुर्व अध्यक्ष पुर्णबहादुर बुढाथोकीले बताए ।