Indrenionline.com

जनप्रतिनिधिलाई कानुनी परामर्श

तिर्थराज ज्ञवाली
देउखुरी, २३ पुस । राप्ती गाउँपालिकाका जनप्रतिनिधिहरुलाई सभा सञ्चालन र कानुन निर्माण प्रक्रिया बारे जानकारी गरिएको छ ।

आगामी दिनमा हुने राप्ती गाउँपालिकाको गाउँसभा सञ्चालन तथा निर्णयार्थ सहयोग पुगोस भन्ने उदेश्यका साथ सभा सञ्चालन र कानुन निर्माण प्रक्रिया बारे अन्तरक्रिया गरिएको हो ।

लुम्विनी प्रदेश मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय कानुन तथा संबैधानिक मामिला महाशाखाको आयोजनामा राप्ती गाउँपालिकाका सभा सदस्यहरुलाई सभा सञ्चालन र कानुन निर्माण प्रक्रिया बारे जानकारी गरिएको हो ।

कार्यक्रममो अधिबेशन आब्हान प्रक्रिया, अधिबेशन अन्त्य, बैठकमा उपस्थित गणपुरक संख्या, बैठकको प्रारम्भ र स्थगन, सदस्यको स्थान रिक्त रहेको अवस्थामा सभाको कार्य सञ्चालन, दैनिक कार्यसुची, कार्य ब्यवस्था परामर्श समिति, समयावधि निर्धारण र सुचना, बैठकमा पालना गर्नु पर्ने कुराहरु बारेमा जानकारी गराइएको थियो ।

बैठकमा छलफल गर्न नपाईने विषय बस्तु, बैठकमा बोल्न र उत्तर दिने तौर तरिका, बोल्नुपर्ने बम्वद्ध कुराहरु, स्पष्टिकरण माग गर्ने वा दिने अवस्था, नियमापत्ति, छलफल समाप्तीको प्रस्ताव, समसामयिक विषयमा छलफल, निर्णय गर्ने तरिका, मत विभाजन र संकलन, बैठकको सुब्यवस्था, सदस्यको निलम्वन, सुब्यवस्था कायम राख्ने अध्यक्षको विशेष अधिकारहरु, कार्वाहि फिर्ता हुने अवस्था, बैठक स्थगित गर्ने अधिकार र प्रस्ताव तथा तत्सम्वन्धी कार्यविधिका बारेमा लुम्विनी प्रदेश मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय कानुन तथा संबैधानिक मामिला महाशाखाका सचिव राजेन्द्र थापाले जानकारी गराएका थिए ।