तिर्थराज ज्ञवाली
देउखुरी, २२ पुस । लुम्विनी प्रेदेशको राप्ती गाउँपालिका वडा नं ६ का ६१ महिलाहरुलाई गत पुस १ गते देखी सुरु गरिएको परम्परागत सीप हस्तान्तरणका लागि ढकीयाँ बुनाइ तालिम सम्पन्न गरिएको छ ।
राप्ती गाउँपालिका वडा नं ६ को यस आर्थिक वर्षमा सीप बृद्धि तथा आयस्तर बृद्धि कार्यक्रम अन्तरगत भगवानपुर, सगरापुर, बगरापुर, मझेरीयाँ र पत्थरगढवा गाउँका ६१ जना महिलाहरुले तालिम प्राप्त गरे अनुसार आफुहरुले सिकेको शिप तथा परम्परागत सामाग्रीको निर्माण तथा प्रयोग बढाउने प्रतिबद्धता समेत गरिएको छ ।
वडा अध्यक्ष बेद प्रसाद चौधरी, राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा नं ७ का अध्यक्ष विद्याशरण चौधरी, कार्यपालिका सदस्य तारा कुमारी चौधरी, वडा सचिव मंगल प्रसाद चौधरीले तालिमका सहभागीलाई सीपमुलक शुभकामना प्रदान गर्दै हौसला बढाएका थिए ।