देउखुरी, १५ पुस । राप्ती गाउँपालिका अन्तरगतका दुई विद्यालयमा नयाँ ब्यवस्थापन समिति गठन गरिएको छ । राप्ती गाउँपालिका शिक्षा शाखाको पहलमा वडा नं १ पाखापानी स्थीत नव प्रतिभा आधारभुत विद्यालय र वडा नं ३ बसन्तापुर स्थीत वि।पी आधारभुत विद्यालयमा नयाँ ब्यवस्थापन समिति गठन भएको हो ।
गठित ब्यवस्थापन समिति अन्तरगत नव प्रतिभा आधारभुत विद्यालय पाखापानीको अध्यक्षमा स्यामलाल पोख्रेल, शिक्षक अभिभावक संयोजकमा बिसाल ज्ञवालीलाई चयन गरिएको छ साथै वि।पी आधारभुत विद्यालय बसन्तापुरको अध्यक्षमा राकेश शर्मा र शिक्षक अभिभावक संयोजकमा काली प्रसाद चौधरी चयन भएका छन् ।
विपी आधारभुत विद्यालय बसन्तापुरको गठित ब्यवस्थापन समितिको सदस्यमा फुल कुमारी चौधरी, देवानन्द चौधरी, मगनीराम चौधरी, ललिता देवि चौधरी नेपाली, भावना मरासिनि र चन्दा चौधरी चयन भएका छन् ।