Indrenionline.com

राप्तीमा योजना निर्माण कार्यमा तिव्रता

तिर्थराज ज्ञवाली
देउखुरी, १५ पुस । राप्ती गाउँपालिका दाङमा कोभिड संक्रमणको अवस्या कम भए संगै बार्षिक रुपमा संञ्चालन हुनुपर्ने योजना तथा कार्यक्रमहरु तिब्र तवरले सूचारु भइरहेका छन् ।

यसै सन्दर्भमा योजना सुरु भएसंगै निर्माणको चरणमा रहेका तथा निर्माण सम्पन्न योजनाहरुको अनु्गमन तथा निर्माण समितिलाई सल्लाह सुझाव दिने कार्य भइरहेको छ ।

राप्ती गाउँपालिका वडा नं २ को राम नगरमा निर्माण भएको नाला तथा बाटो मर्मत, वडा नं ३ को भृकुटी महिला सहकारीको निर्माणाधिन भवन तथा वडा नं ७ को बड्का सिसहनिया स्थितघाट जाने बाटो मर्मत कार्यको स्थलगत अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरी, वडा अध्यक्ष जगत बहादुर थापा, सदस्य तारा कुमारी चौधरी, प्राविधिक द्धय विमला भट्टराई, प्रदिप बैदिक, सचार संयोजक तिर्थराज ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।