Indrenionline.com

लालमटिया स्वास्थ्य चौकीमा थप स्वास्थ्य सेवा सुरु

तिर्थराज ज्ञवाली
देउखुरी, १० पुस । प्रदेशको केन्द्र राप्ती गाउँपालिका भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा थप गरिएको छ ।

राप्ती गाउँपालिकाको पुर्वि क्षेत्रमा पर्ने लालमटिया स्वास्थ्य चौकीमा छिमेकी अर्घाखाचिको शितगंगा नगरपालिका र प्युठानको सरुमारानी गाउँपालिकावाट समेट स्वास्थ्य सेवा लिनेको संख्यामा बृद्धि हुदै जादा राप्ती गाउँपालिकाले निक साईमन्स ईन्टिच्युट ललितपुरको सहकार्यमा थप एम वि वि एस चिकित्सक सहितको प्राविधिक टोलि बाट सेवा सुरु गर्न थालेको हो ।

विगतमा १ मात्र एम वि वि एस चिकित्सक तथा अन्य कर्मचारी द्धारा नियमित सेवा दिदै आएकोमा पछिल्लो समयको माग अनुसार १ चिकित्सक, १ ल्याव टेक्निसीयन, १ फामेसि सहायक तथा १ स्टाप नर्स थप गरि २४ सै घण्टा भिडियो एक्सरे सेवा, ई सी जी सेवा थप गरिएको र छिटै डिजीटल ऐ क्सरे सेवा समेत सुरु गरिने र नागरिकको स्वास्थ्य रक्षा गरिने निक साईमन्सका स्वास्थ्य कर्मीको स्वागत कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।

दुई वटा भवन बाट सेवा सुचारु गरिएको लालमटिया स्वास्थ्य चौकीमा आगामी दिनमा थप नयाँ स्वास्थ्य सेवासुविधा सहितको योजनाका लागि प्रदेश सरकार तथा केन्द्रिय सरकार संग समन्वय भैरहेको समेत अध्यक्ष सुवेदीले बताए ।

राप्ती गाउँपालिका र निक साईमन्सको सहकार्यमा २४ सै घण्टा ईमरजेन्सी सेवा दिने गरि स्वास्थ्य सेवा सुरु गरिएको स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष तथा राप्ती गाउँपालिका वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसीले जानकारी दिए ।

विहिवार सेवा बारे जानकारी तथा निक साईमन्सका स्वास्थ्य कर्मीको स्वागत कार्यक्रमको आयोजना गरि सेवा बारे स्थानिय नागरिकलाई जानकारी गरिएको छ । सो अवसरमा निक साईमन्सका सिनियर चिकित्सक मदन श्रेष्ठ, ल्याव टेक्निसीएन अमित सुवेदि, फामेसी सहायक मेघराज पाण्डे र स्टाफ नर्स श्रृजना गुरुङलाई स्वागत गरिएको छ ।