तिर्थराज ज्ञवाली
देउखुरी, ५ पुस । सिसहनियाँ उद्योग बाणिज्य संघको दश बुँदे आगामी योजनासहित छैटौँ साधारण सभा सम्पन्न भएको छ ।
लुम्विनी प्रदेशको केन्द्रमा रहेको सिसहनियाँका उद्योगी ब्यवसायीहरुको छाता संगठनको १० बुदे आगामी रणनिति पास गर्दै साधारण सभा सम्पन्न भएको हो ।
कोभिड १९ को उच्च सतर्कता विच उद्योगी ब्यवसायीहरुका सहभागिता मुलक प्रतिनिधित्वमा सम्पन्न सभामा संघको क्षेत्रभित्र निःशूल्क स्वास्थ्य शिविर संचालन गर्ने, संघ अन्तर्गतका उद्योगी व्यापारिहरुलाई कर शिक्षाको लागि तालिमको व्यवस्था गर्ने, महामारी रुपमा फैलिएको कोभिड १९ रोगबाट बच्न र बचाउन सुरक्षाका मापदण्ड अपानाउने प्रक्रियामा उद्योगी ब्यापारिहरुलाई थप सजकताका साथ सुःसुचित गर्ने, लुम्बिनी प्रदेशको स्थायी मुकामलाई व्यवस्थित गर्नको लागि संघको तर्फबाट सक्दो सहयोग गन निर्णय समेत गरिएको छ ।
उद्योगी ब्यवसायीहरुको उन्नती प्रगतिको लागि सेवाग्राही र उपभोक्ता आउने र सुरक्षीत रहदै ब्यापार गर्न सक्ने बातावरण का लागि स्थानीय पर्यटनको विकासको आवस्यकता अनुरुप संघ अन्र्तगत पर्ने खौराहा बाबा ताल, कालापानी, राप्ती गाउँपालिकाकै नमुना बगरापुरको चौधरी होम स्टे, सिसहनिया नजीक देशकै दोश्रो लामो राप्ती पुललाई पर्यटकिय स्थलको रुपमा प्रचार प्रसार गर्ने समेत निर्णय गरिएको छ ।
सभाले संघ अन्तर्गतको मुख्य बजार क्षेत्रमा सि।सि।टि।भि जडान गर्न पहल गर्ने, उद्योगी ब्यपारीको हक हितको संरक्षण गर्दै उपपोक्ता हक हितको रक्षा गर्ने र सिसहनियाँ उद्योग बाणिज्य संघको क्षेत्रको ब्यापार ब्यवसाय, उद्योग कल कारखानाको विकास तथा विस्तारका लागि लागि पर्ने समेत लक्ष्य सहित साधारण सभाको समापन गरिएको छ ।
सभामा संघका महासचिव ईश्वरी अधिकारीले प्रगति विवरण, कोषाध्यक्ष भिम प्रसाद चौधरीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो साथै सभा र संघको विकास तथा प्रगतिको निवर्तमान अध्यक्ष पुर्ण बहादुर बुढाथोकी, चेम्वरका अध्यक्ष कुमार अधिकारी, विहानी बचतका अध्यक्ष देव प्रसाद चौधरी, सिसहनियाँ प्रहरी प्रमुख बत्ति कुमार पोख्रेल, कुखुरा पालक संघ देउखुरीका अध्यक्ष अर्जुन अधिकारी, रेडक्रश सिसहनियाका गोविन्द कुवर, सर्बोदय माविका प्रध्यानाध्यापक गोविन्द केसी, समाजसेवि तुलसी गौतम, स्याम प्रसाद पाण्डे, युवराज सेन ठकुरी, मदन पोख्रल लगायतले शुभकामना ब्यत्त गुर्न भएको थियो ।
२०४८ सालमा प्रगतिनगर बजार व्यवस्थापन समिति को नाम बाट स्थापना भई बजार व्यवस्थापन समितिकै पहलमा मिति २०७२ श्रावण २५ गते सिसहनियाँ उद्योग बाणिज्य संघ जिल्ला प्रशासन कार्यलय दाङ दर्ता नं १०४४ मा विधिवत रुपमा दर्ता गरी सिसहनियाँको समग्र विकासको साथै साविक सिसहनियाँ गाउँ विकास समिति भित्रका सम्पूर्ण व्यापारि, उद्योगीहरुको हक हितको लागी काम गर्दै आई रहेको संस्था हो ।