इन्द्रेणी संवाददाता
दाङ, ३ पुस । दाङ प्रहरीले शुरु गरेको सडक दुर्घटना न्यूनिकरण गर्न विद्यालय तथा कलेजका विद्यार्थीहरुसँगको सचेतना अभियान अन्तर्गत चालक अनुमति नलिएर चलाइ रहेको अवस्थामा ३४ जना सवारीका साधन नियन्त्रणमा लिएको छ ।
अभियानका क्रममा प्रहरीले जिल्लाका विभिन्न स्कूल तथा कलेजमा सचेनता कार्यक्रम गर्नुका साथै उनीहरुका अभिभावकहरुसँग पनि कार्यक्रम गरेको छ ।