इन्द्रेणी संवाददाता
दाङ, २९ मंसिर । देशभरी विरोध प्रर्दशनको घोषणा गरेको प्रतिपक्ष दल नेपाली कांग्रेसले दाङमा पनि विरोध प्रदर्शन गरेको छ । जिल्लाको सदरमुकाम घोराहीमा काग्रेसले विरोध प्रर्दशन गरेको हो ।
उनले अहिले सरकार जनताको पक्षमा भन्दा पनि आफूसमर्थक नेता कार्यकर्ताले गरेका गल्ती ढाकछोप र भ्रष्टाचारीहरुलाई संरक्षण गर्नमा लिप्त भएको गिरीको भनाइ थियो ।
जिल्ला पार्टी कार्यालयबाट शुरु भएको प्रर्दशन घोराही बजार परिक्रमा गरी तुलसीपुर चोक नजिकै सभामा परिणत भएको थियो ।