Indrenionline.com

मृतक प्रहरीका परिवारलाई आर्थिक सहयोग

घनश्याम वुढाथोकी
दाङ, २४ मंसिर । कोरोना संक्रमणवाट मृत्यु भएका प्रहरी कर्मचारीको परिवारलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आर्थिक सहयोग गरेको छ ।

मंगलवार दाङको राप्ती गाउपालिका वडा नं. ५ मौरिघाटमा रहेको मृतक प्रहरी नायव निरीक्षक यज्ञमणी वैदिकको घरमै पुगेर संकलन भएको १ लाख ३० हजार ८०५ रुपैयाँ मृतकको परिवारलाई हस्तान्तरण गरिएको हो ।

जिल्ला तथा मातहतका सवै प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूले स्वैच्छिक रुपमा संकलन गरी जम्मा भएको उक्त रकम प्रहरी निरीक्षक सन्तोष कुमार केसीले मृतकको श्रीमती कमला वैदिकलाई हस्तान्तरण गरेका हुन् ।

मृतकको १३ आंै दिनको पुन्यतिथीमा जिप्रका रोल्पावाट प्रहरी टोली घरमै पुगेको थियो । जिपका रोल्पामा कार्यरत वैदिकको कोरोना संक्रमण भइ उपचारको क्रममा गत मंसिर ११ गते भेरी अन्चल अस्पताल वाँकेमा उपचारको क्रममा मृत्यु भएको थियो ।