Indrenionline.com

कम्युनिष्ट पार्टी दाङका संस्थापक नेता गौतमको निधन

इन्द्रेणी संवाददाता
दाङ, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक माणिकलाल गौतमको निधन भएको छ । गौतमको ९३ वर्षको उमेरमा आज विहान करीव ३ बजेतिर निधन भएको हो ।

कम्युनिष्ट आन्दोलनको विकासमा निरन्तर गिपरेका गौतम हाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सल्लाहकार परिषद्का सदस्यसमेत रहेका थिए । गौतमको आज बिहान ११ बजे घोराही रझेनास्थित शंखे पिपल घाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी दाङले गौतमप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी अध्यक्ष टीकाराम खड्काले नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सदस्य तथा केन्द्रीय सल्लाहकार परिषद सदस्य गौतमको निधनले कम्युनिष्ट आन्दोलनलाई अपुरणीय क्षति पुगेको बताएका छन् ।