पाण्डव शर्मा
घोराही, १५ मंसिर । मिस नेपाल २०२० को फाइनल चरणमा पुगेकी दाङकी चेली डा. निगताले मिस नेपाल बौद्धिकता प्रदर्शन गर्ने थलो भएको बताएकी छन् ।
भविष्यमा छाला रोग विशेषज्ञ बन्ने आफ्नो लक्ष्य भएको उल्लेख गर्दै उनले डाक्टरी पेसासँगै समाज सेवा गर्ने प्रतिकृया दिइन् । ‘अहिले नेपालमा एसीड आक्रमणमा पर्नेहरुको संख्या बढिरहेको छ, त्यसमा पनि छोरीहरु माथि बढी नै आक्रमण हुन्छ,’ डा. निगाताले भनिन्, ‘म उनीहरुको उपचार दिएर पुर्नजन्म दिन चाहन्छु ।’
डा. निगाता पश्चिम नेपालबाट मिस नेपाल २०२० को फाइनल चरणमा एक्लो प्रतिस्पर्धी हुन् । चितवन देखि पश्चिम क्षेत्रमा उनी मात्रै फाइनल चरणमा प्रवेश गर्न सफल भएकी छन् ।
अहिले पनि नेपाली समाजमा विभिन्न खाले विभेद र महिलाहरु माथि अन्याय भइरहेको उल्लेख गर्दै आँफू त्यसका विरुद्ध सशक्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरिन् । ‘सुन्दर समाज निर्माणका लागि हामी सबैबिच सहकार्य हुन जरुरी छ,’ उनले भनिन्, ‘यो समाज राम्रो बनाउने हामी आँफैले हो, कोही बाहिरबाट आएर हाम्रो समाज बनाउँदैन ।’ भविष्यमा समाज रुपान्तरणका लागि आँफू निरन्तर लागिरहने डा. केसीले बताइन् ।
डा. निगातालाई जिताउनका लागि आइएमइ पे एपबाट भोट गर्न सकिने छ । त्यसका लागि कुनै पनि मोवाइल प्रयोगकर्ताले प्ले स्टोरमा गएर आइएमइ पे एप डाउनलोड गर्नुपर्ने छ । एप ओपन भएपछि इभेन्ट अप्सनमा गई उनलाई भोट गर्न सकिन्छ । त्यसपछि एप ओपन गरी प्रतिष्पर्धी नं ७ कि निगातालाई भोट गर्नुपर्ने छ । आँफूलाई जिताउन मंसिर १९ गते राति १२ बजेसम्म भोट गर्न सकिने उल्लेख गर्दै उनले अहिलेसम्म भोत गर्नुभएका सबैमा धन्यवाद ज्ञापन गर्दै गर्न बाँकी महानुभावहरुलाई भोट गर्न आग्रह गरिन् ।
यसैबीच डा. निगाता केसीलाई जिताउनका लागि दाङ लगायत विभिन्न जिल्लाबाट जिताऔं अभियान शुरु गरिएको छ । दाङमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको संयोजकत्वमा जिताऔं अभियान शुरु गरिएको छ ।
संयोजक प्रियासनिले डा. निगाता हामी सबै पश्चिम नेपालका जनताको गौरव भएकाले विजय गराउन आआफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताए । उनले हाम्रो सानो सहयोगले यस क्षेत्रकै इज्जत बढ्ने भएकाले डा. निगातालाई भोट गर्न आग्रह गरे । डा. निगाताका बुवा विष्णुबहादुर केसीले आफ्नी छोरी डा. निगातलाई विजयी गराउन सबैलाई आग्रह गरे ।