तिर्थराज ज्ञवाली
देउखुरी, २८ कार्तिक । राप्ती गाउँपालिका क्षेत्रमा कार्य गर्दै आएका चार सक्रिय सहकारीहरु एकीकृत हुने भएका छन् । राप्ती गाउँपालिका तथा अन्य पालिका कार्यक्षेत्र बनाएर काम गर्दै आएका सहकारी लाई राप्ती गाउँपालिकाले सहकार्य गरि एकिकृत हुन आब्हान गरे पश्चात हरियाली, महाप्रभु, विहानी र जनजीविका बचत तथा ऋण सहकारी संस्थाहरु एकिकृत हुन थालेका हुन ।
सहकारी ऐन २०७४ को दफा ८७ र नियमावली २०७५ को दफा ३९ साथै लुम्विनी प्रदेशको सहकारी ऐन ०७६ को दफा ७२ र सहकारी नियमावली ०७६ को दफा ३१ ले पनि सहकारीहरु एकिकरण हुन सक्ने व्यवस्था गरे बमोजिम चार सक्रिय सहकारीहरु एकीकृत हुने भएका हुन ।
राप्तीका सहकारीहरुको २०७३ साल देखिनै एकिकरण प्रक्रिया चलिरहेको थियो । स–साना कुराहरुमा असमझदारीका कारण सफल हुन नसकिरहेको अवस्थामा अहिलेको मर्जर अभियानमा एकिकृत संस्थाँको अध्यक्ष विभिन्न पद, संस्थाको नाम, केन्द्रिय कार्यालय भन्ने समस्याको पुर्ण रुपले समाधान गरि सदस्यलार्इ वित्तिय सेवा प्रदान गरि उनिहरुका आवश्यकता पुरा गर्न र आर्थिक सामाजिक र साँस्कृतिक जिवनमा परिवर्तन ल्याउन सकिने गरि सहकारी मर्च हुन थालेको हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा जिल्ला बचत संघ दाङ का कोषाध्यक्ष शिव ध्वज मल्लले जानकारी दिए ।
एकिकृत संस्था सञ्चालन गर्न १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिबेक्षण समिति रहने र नेतृत्व शिवध्वज मल्लले गर्ने गरि सहकारी मर्चको सुरुवात गरिएको छ । जसको लेखा सुपरिबेक्षण समितिको संयोजकमा रुकमाङगत ज्ञवाली रहने बताइएको छ ।
चार सहकारीको आर्थिक वर्ष ०७६।०७७ को असार मसान्त सम्मको विवरणको आधारमा पुरुष २ हजार ५ सय ५० महिला ३ हजार २ सय ५० र संस्थागत सदस्य १९ गरी जम्मा सदस्य संख्या ५ हजार ८ सय १९ र जम्मा पुजी रु ३८ करोड २६ लाख ६९ हजार ९ सय ४ रुपैया लाई चार वटा सेवा केन्द्रहरु मार्फत व्यावस्थापन गरिने सहमित भएको विहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देब प्रसाद चौधरीले बताए ।