इन्द्रेणी संवाददाता
दाङ, २५ कार्तिक । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा सरोकारवालाहरुसांग कोरोना भाइरस (कोभिड १९) तथा चाडपर्वको समयमा वजार व्यवस्थापन सम्बन्धमा छलफल भएको ।
उनीहरुले व्यवसायिहरुले जुन व्यवसायको लागि व्यवसायको अनुमती लिएको छ त्यसैको मापदण्डमा रही व्यापार व्यवसाय गर्नुपर्ने बताएका थिए । भन्सारछली अवैध रुपमा सामाग्रीहरु ल्याएर घुम्ते रुपमा विक्री वितरण गर्नेलाई निरुसाहित तथा कारवाही गरिनुपर्ने सहभागिहरुले बताएका थिए ।
त्यस्तै सडक पेटीमा व्यापार गर्ने फुटफाटमा व्यवसाय गर्ने व्यक्तिलाई स्थानिय तहले तोकेको स्थानमा गई व्यापार व्यवसाय गर्ने र स्थानिय तहलाई थप स्थानहरुमा फुटपाट व्यवसाय गर्ने स्थान वनाउन आग्रह गरेका थिए ।
छलफल दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । छलफलमा घोराही उप महानगरपालिका वडा नं १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धु्रबराज श्रेष्ठ (भारी), नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश उपाध्यक्ष हेमराज वन्जाडे, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख दिनेश रिमाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका सई लालवहादुर पुन, घोराही उप महानगरपालिका नगर प्रहरी श्रवणकुमार शर्मा वन्जाडे, दाङ देउखुरी होटेल व्यवसायी समितिका अध्यक्ष रुद्रवहादुर डाँगी, गल्ला तथा किराना व्यवसायि समितीका विकास वली, विद्युतीय व्यवसाय संघका अध्यक्ष डुल्लुराम पोख्रेल, संघका पदाधिकारीहरुको सहभागिता थियो ।