इन्द्रेणी संवाददाता
दाङ, २३ कार्तिक । दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित राप्ती भेट फर्माले किसानहरुलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ । फर्माले विशेष गरी कुखुरा व्यवसायी किसानहरुका लागि चल्ला बुरडिङ व्यवस्थापन तथा परामर्श सेवा र खोर व्यवस्थापन जस्ता सेवालाई निःशुल्क प्रदान गर्दै आएको छ ।
उनका अनुसार कुखुरा पोष्टमार्टम जाँच, सुइमार्फत सबै भ्याक्सिनहरु, पोल्ट्री व्यवसायका लागि विशेषज्ञ सेवा तथा दाना चल्लाका लागि आवश्यक परामर्श सेवा निःशुल्क प्रदान गरिदैआएको छ । साथै पोल्ट्री व्यवसायका लागि आवश्यक परामर्श र फिल्ड भिजिटलगायत चुच्चो डाम्ने र काट्ने सेवाहरु पनि प्रदान गरिदै आएको छ ।