इन्द्रेणी संवाददाता
दाङ, २० कार्तिक । दाङ प्रहरीले ज्यान मार्ने अभियोगमा जिल्ला अदालतले अभियुक्त ठहर भएका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
उनलाई कार्तिक १९ गते घोराही १७ क्वाडीमा लुकिछिपी हिडडुल गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई पक्राउ पछि जिल्ला अदालतमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।