Indrenionline.com

दाङमा प्रहरीद्धारा चार हजार लिटर अबैध घरेलु मदिरा नियन्त्रण

इन्द्रेणी संवाददाता
दाङ, १६ कार्तिक । दाङमा प्रहरीले करीव चार हजार १०० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १८ फुर्सेखालीबाट अबैध घरेलु मदिरा जाँड ४०५० लिटर, घरेलु रक्सी ४० लिटर, रक्सी बनाउन प्रयोग गर्ने औषधि पाँच वोरा र मदिरा बनाउन प्रयोग गर्ने भाँडा ८ सेट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

सो स्थानमा अबैध घरेलु मदिरा बनाउने र विक्री वितरण भइरहेको गोप्पे सूचनाका आधामार जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीको टोलीले आइतवार उक्त मदिरा नियन्त्रणमा लिएको हो ।