इन्द्रेणी संवाददाता
दाङ, १६ कार्तिक । दाङमा प्रहरीले नगद ३ लाख २३ हजार ६० रुपैयाँ नगदसहित पाँच जना जुवाडेलाई जुवाको खालबाटै पक्राउ गरेको छ ।
उनीहरुलाई गोप्पे सूचनाका आधारमा आज विहान घोराही १८ नवलपुरस्थित वसन्त रावतको नयाँ घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिएका छन् । उनीहरुबाट पाँच थान तास समेत बरामद गरिएको छ ।