इन्द्रेणी संवाददाता
दाङ, १४ कार्तिक । कार्तिक १० गते दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ वर्षिय कुमार विकको खुट्टा छुटिने गरी आक्रमण गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ ।
उनीहरुबाट विकमाथि आक्रमण गर्दा प्रयोग गरिएको एकथान खुर्पा, अभियुक्तले घटनामा संलग्न हुँदा प्रयोग गरिएका कपडासमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताए ।
भाञ्जाको विहेबाट घर फर्कने क्रममा कार्तिक १० गते दशैको दिन राति १० बजेतिर तुलसीपुर उपमहानगरपालिका १० गोलौरीमा पुकार पसलबाट पढ्ढातर्फ जाने सडकमा बिकमाथि आक्रमण भएको थियो । आक्रमणमा परी विकको दाँया खुट्टाको पैतला छिनिएको छ । उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।