इन्द्रेणी संवाददाता
दाङ, ४ कार्तिक । दाङमा प्रहरीले अबैध विदेशी मुद्रासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुबाट The United States of America लेखेका २० नोटदरको ८ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोलहपुरमा पठाइएको प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।