दाङ, ३ कार्तिक । पत्रकार बलवीर नेपाली आफ्नो जीवन रक्षा गरिदिन अपिल गरेका छन् । रोल्पा रुम्टीगढी –३ मसिना निवासी नेपालीले आफ्नो ज्यान बचाउँन सबैमा आग्रह गरेका हुन् ।
अन्य व्यक्तिबाट संङकलित २ लाख रुपैयाँले अहिले उपचार भैरहेको भन्दै अझै १० लाख रुपैयाँ उपचारका लागि खर्च लाग्ने उनले वताए । घरको आर्थिक अबस्था कमजोर हुदा आफुसंग औषधी खाने पैसा समेत नरहेका गुनासो पोखे । दैनिक साझ बिहानको छाँक टार्न घरमा समस्या परेको भन्दै उपचारका लागि सबैको सहयोगकोे अपेक्षा गर्दछु उनले भने । नेपालीले आफ्नो सेन्चुरी बैङ्कमा रहेको खाता नम्बर ०८६००००३८९ सी ५ वा मोवाईल नम्बर ९८२२८९६१२८,९८६२१०५८०७ ,९८५७८६२३७३ मा सम्पर्क गरी सक्दो सहयोग गर्न अपिल गरेका छन ।