दाङ, ३० असोज । ६५ औं प्रहरी दिवसका अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका सचिव आर.के.शीतल सम्मानित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङले शुक्रवार एक कार्यक्रमको आयोजना गरि कदरपत्रले सम्मान गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले खादा ओढाएर कदर–पत्र प्रदान गरेका थिए ।
सो अवसरमा प्रहरी प्रमुख चन्दले नेपाल प्रहरीमा रहेर शान्ति सुरक्षासँगै नेपाल प्रहरीको गौरव बढाउन सहयोग गर्ने पूर्व प्रहरीका तर्फबाट ज्येष्ठ सदस्य प्रहरी नायव निरिक्षक ९४ वर्षीय तेजबहादुर थापालाई समेत सम्मान गरेका थिए ।