तिर्थराज ज्ञवाली
देउखुरी, २८ असोज । पछिल्लो समय राप्ती गाउँपालिका क्षेत्रका पशुमा लम्पी स्किन संक्रमण देखा परेको छ । यसको संक्रमण देखिएपछि पशु सेवा शाखाको आब्हानमा विशेषज्ञ टोलीद्धारा चेकजाच गरिएको छ ।
राप्ती क्षेत्रमा ५ वटा पशुमा लम्पी स्किन संक्रमण देखापरेपछि पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतका डाक्टर कृष्ण राज पौडेलको समन्वयमा डा जितेन्द्र श्रेष्ठ र पशु स्वास्थ्य प्राविधिक मनराज सुनारको टोलिले विरामी पशुको रगत, दिशा, पीसाव, छाला, घाँउको पीप संकलन गरि पुर्ण चेकजाचको लागि लगेको पशुसेवा शाखा प्रमुख शेर बहादुर हमाल रिजालले जानकारी दिए ।
लम्पी स्किन संक्रमण देखा परेका बिरामी पशुको रगत, दिशा, पीसाव, छाला, घाँउको पीप को नतिजा आगामी शुक्रवार सम्म आईपुग्ने र थप सो रोग बारे जानकारी तथा उपचार पक्ता लगाउन सकिने डा जितेन्द्र श्रेष्ठले जानकारी दिए ।
डा जितेन्द्र श्रेष्ठले पशु पालक कृषक, राप्ती गाउँपालिकाका पशु सेवा प्राविधिक, पशु स्वास्थ्य प्राविधिक, नायव पशु स्वास्थ्य प्राविधिक, तथा पशु स्वास्थ्य कार्यकर्तालाई लम्पी स्किन रोग र सो रोगबाट पशुलाई बचाउने उपाएको वारेमा जानकारी गराए ।
लम्पी स्किनका विरामी पशुको स्वास्थ्य लाभको लागी पशु सेवा कार्यालय वाट तागतदार तथा शक्त्तिबद्धक औषधि उपलब्ध गरिएको छ । यो रोग संक्रमित गाईभैंसीबाट जन्मिएका बाच्छाबाच्छी र पाडापाडीमा समेत सर्दछ । रोगको ठोस उपचार नभएकाले प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्नुपर्छ ।
यस रोगविरूद्धको खोप हाल नेपालमा उपलब्ध नभएको हुँदा रोग देखिएको क्षेत्रबाट गाइभैंसीको ओसारपसार नियन्त्रण गर्नु र गोठ वरिपरिको वातावरण सफा राख्नु नै रोगविरूद्धको लडाइँको मुख्य हतियार हरेको छ ।
लम्पी स्किन रोग विशेषगरी गाई र भैंसीमा देखिने काप्री पक्स बिषाणु समूहको लम्पी स्किन भाइरसले लाग्ने रोग हो । पहिलो पटक अफ्रीकि मुलुक जिम्बाबेमा सन् १९२९ देखा परेको यो रोग सन् २०१२ जुलाईमा बगलादेश र चिन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखापरेको थियो । पछिलो समय नेपालमा पनि यो रोग भित्रिएको पुष्टि भएको छ । केन्द्रीय पशु रोग अन्वेषण शाखामा गरिएको परिक्षणमा नेपालमा यो रोग भित्रिएको पुष्टी भएको हो ।