इन्द्रेणी संवाददाता
दाङ, २८ असोज । दाङको लमही नगरपालिकाले कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगरपालिकाभित्रका सबै विद्यालय बन्द गर्ने भएको छ ।
सरकारको सिकाइ निर्देशिका अनुसार असोज पहिलो सातादेखि लमहीसहित जिल्लाका विद्यालयहरुले अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठनलाई गति दिएका थिए । घोराहीमा यसअघि नै विद्यालय बन्द भइसकेका छन् ।
यसैगरी वंगलाचुली गाउँपालिकाले पनि अर्काे सूचना नआउदासम्म विद्यालय बन्द भएको जनाएको छ । मंगलवार एक सूचना प्रकाशित गर्दै अर्काे सूचना नहुँदासम्मका लागि गाउँपालिकाभित्रका विद्यालयहरुको पठनपाठन बन्द गरिएको जनाएको हो ।
