Indrenionline.com

प्रमुख जिल्ला अधिकारी रिजाललाई विदाइ

इन्द्रेणी संववाददाता
दाङ, २६ असोज । दाङबाट सरुवा भएर जान लागेका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललार्इ तुलसीपुरमा करीव एक दर्जन संघ संस्थाहरुले विदाइ गरेका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघसहित रोटरी क्लव अफ तुलसीपुर, लायन्स क्लव अफ तुलसीपुर, रिपोटर्श क्लव दाङ, रोट्रयाक क्लव, त्रिसिदेश्वरी राप्ती, रोल्पा उद्योग वाणिज्य संघ, लियो क्लव, लगायतका संघ संस्थाहरुले प्रजिअ रिजाललाई विदाइ गरेका हुन् । रिजाल सरुवा भएर मकवानपुर जान लागेका छन् । संघ संस्थाहरुले रिजाललाई मायाको चिनोसहित विदाइ गरेका थिए ।