विमल योगी
दाङ, 
घरको आर्थिक अवस्था निकै नाजुक रहेको र आम्दानीको श्रोत अन्य नभएकाले उपचार गर्न नसकिएको परियारले बताइन् । तीन बर्ष अगाडी घोराहीमा घाँटी रोग बिषेशज्ञलाई देखाउदा क्यान्सर पत्ता नलागेपछि बुटवल लगेको र त्यहाँ पनि रोग पत्ता नलागेपछि भैरहवामा घाटीको मासु निकनलेर चेकजाच गर्दा मात्र क्यान्सर रोग पत्ता लागेको थियो ।
हालसम्म आफन्ती,घोराही उपमहानगरपालिका र चन्दा उठाएर करिव तीन लाख जति खर्च भएपनि बालकको अप्रेसन गरेपनि रोग निको नभएको उनले बताइन् । घरमा पाँच जनाको परिवार रहेको र श्रीमानले ज्याला मजदुरी गरी ल्याएको पैसाले साँझ बिहानको छाक टार्न मात्र पुग्ने भएकाले उपचारका लागि आर्थिक श्रोत जुटाउन नसकिएको उनको भनाइ छ ।
अहिले विपी कोइराला क्यान्सर हस्पिटल चितवनले बच्चाको पुन : अप्रेसन गर्नुपर्ने र त्यसका लागि कम्तीमा तीन लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । घरको आर्थिक अवस्था निकै दयनिय भएकाले बच्चाको ज्यान बचाउनका लागि सहयोग गर्न चाहाने व्यक्ति तथा संघसंस्थालाई मोवाइल नम्वर ९८२९२७३६८७ मा सम्पर्क गर्न उनले अनुरोध गरिन् । रोगका कारण गौरी प्रावि निमुरियामा कक्षा ४ मा बढ्दै गरेका बालकको पढाई समेत रोकिएको परियारले जानकारी दिइन् ।