Indrenionline.com

कोरोनाको जोखिम बढ्दै गएपछि घोराहीका विद्यालय २० दिन बन्द

इन्द्रेणी संवाददाता
दाङ, २६ असोज । जिल्लामा कोरोनाको जोखिम बढ्दै गएपछि घोराही उपमहानगरपालिका क्षेत्रभित्रका सबै विद्यालय २० दिनका लागि बन्द गरिएको छ ।

घोराही उपमहानगरपालिका अन्तर्गतको नगर शिक्षा समितिको आइतवार वसेको बैठकले यस क्षेत्रका सामुदायिक र संस्थागत सबै विद्यालय कार्तिक १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

सिकाइ सहजीकरण निर्देशिका अन्तर्गत अस्थाति सिकाइ केन्द्रहरुमा भौतिक उपस्थितिसहित पठनपाठन शुरु गरेका विद्यालयहरु कोरोनाको जोखिम बढ्पछि बन्द गरिएको समितिले जनाएको छ ।

साथै कक्षा ११ को परीक्षण पनि स्थगन गरिएको उपमहानगरपालिका खेलकुद तथा शिक्षा महाशाखा प्रमु्ख विनोद गौतमले जानकारी दिएका छन् । महाशाखाले विद्यालयको प्रशासनिक काम भने सुचारु गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै बबई गाउँपालिकाले पनि कोरोनाको जोखिम बढ्दै गएको भन्दै गाउँपालिकाभित्रका विद्यालयहरु बन्द गरेको छ ।