तिर्थराज ज्ञवाली
देउखुरी, २४ असोज । लुम्बिनी प्रदेशको स्थायी राजधानीको ब्यवस्थापनका लागि राप्ती गाउँपालिकाका, शितगंगा नगरपालिका र गढवा गाउँपालिकाको विभिन्न स्थानको अध्यन सुरु गरिएको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदि, सितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारी, लुम्विनी प्रदेश सांसद ईन्द्रजित चौधरीले पुर्वाधार विकास प्राधिकरण सहितको टोलीलाई सम्भावित क्षेत्रको अवलोकन गराउनु भएको हो ।
लुम्बिनी प्रदेशको स्थायी राजधानीको ब्यवस्थापनका लागि पुर्वाधार विकास प्राधिकरणको कार्यालय सुचारु गर्नका लागि विभिन्न स्थानको भौतिक संरचना तथा कार्यालय क्षेत्रको सम्भाब्यता समेत खोजि गरिएको छ ।
प्रदेश पुर्वाधार प्राधिकरण का प्रमुख कार्यकारी अधिकृत ध्रुब मजगैया, मुख्य मन्त्रि तथा मन्त्रालय सचिव भरतमणि सुवेदि, प्रदेश पुर्वाधार प्राधिकरणका बासु पौडेल, गौतम बुद्ध विकानस्थल भैरहवाका निर्देशक टेकराज पोख्रेल, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, तिन पालिकाका जनप्रतिनिधि तथा कर्मचारी लगायतको सहभागीता रहेको अवलोकनको क्रममा अवको राजधानीको स्वरुपलाई भर्जिन ल्याण्डबाट दिर्घकालीन योजनाका साथ मास्टर प्लान निमार्ण गरि ब्यवस्थीत शहर बनाईने हुदा जग्गा विक्रि वितरणमा पुर्ण रुपमा रोक लगाउन समेत सबैमा आग्रह गरिएको छ ।