इन्द्रेणी संवाददाता
दाङ, २४ असोज । उपचारका क्रममा दाङमा रुपन्देहीकी एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ । तिलोतमा नगरपालिका ३ की ६६ वर्षीया महिलाको उपचारका क्रममा कोरोना विशेष अस्पताल वेल्झुण्डीमा आज विहान ज्यान भएको हो ।
रुपन्देहीमा आइसियू बेडको अभाव भएपछि उनलाई दाङ ल्याइएको बतायएको छ । कोरोनाबाट गएराति दाङका एक १५ वर्षका किशोरको ज्यान गएको छ । उपचारका क्रममा बाँकेमा मृत्यु भएको हो ।