इन्द्रेणी संवाददाता
दाङ, २३ असोज । दाङ प्रहरीले जुत्तामा सुन लुकाएर अबैध सुनको कोरोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका वडा नं. १५ का २५ वर्षिय सुवाश श्रेष्ठ, घोराही १४ का सम्मानकुमार श्रेष्ठ र अपर्वथैव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुबाट जम्मा १ किलो २ तोलय ३ दशमलव ०३ आना अबैध सुन बरामद गरिएको प्रहरीले जनाएको छ । साथै ती व्यक्तिहरुबाट केही नगद पनि बरामद गरिएको छ । अबैध सुनसहित पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।