दाङ, २२ असोज । प्रहरीले एक किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना घोराही दाङका र एक जना बुटवलका छन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले विशेष सूचनाका आधारमा जुत्तामा लुकाएर ल्याउँदै गरेको सुन जस्तो पहेंलो धातुसहित उनीहरूलाई पक्राउ गरिएको सेतोपाटीलाई बताए।
‘बिस्कुट जस्तै बनाएर जुत्तामुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा ५र५ सय ग्रामको सुन जस्तै देखिने धातु प्रहरीले उनीहरूबाट बरामद गर्न सफल भएको छ,’ डिएसपी खड्काले भने, ‘अहिले म बाटोमा छु। कार्यालय फर्किएपछि विस्तृत जानकारी दिनेछौं।’ जिल्लामा अवैध सुन बरामद भएको यो नै पहिलो घटना हो। सेतोपाटीबाट