इन्द्रेणी संवाददाता
दाङ, १५ असोज । दाङमा प्रहरीले मोटरसाइकल चोरी मुद्दाका फारार अभियुक्तलाई पक्राउ गरेको छ ।
उनलाई विहीबार घोराही ३ सर्रामा लुकिछिपी वसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएपी सुमित खड्काले बताए ।