Indrenionline.com

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्वसभामुख महराको शुभकामना

इन्द्रेणी संवाददाता
दाङ, १३ असोज । पूर्वसभामुख एवं प्रतिनिधि सभाका लागि दाङ क्षेत्र नं. २ का सांसद कृष्णबहादुर महराले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शुभकाना दिएका छन् । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवरमा महराले प्रतिष्ठान परिवार एवं दाङवासीलाई शुभकामना दिएका हुन् ।

पूर्वसभामुख महराले दंगाली एवंm सबैको प्रयासबाट राप्ती उपक्षेत्रीय अस्पताल हुँदै अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म उक्कलन सफल भएको र विगतका कमी कमजोरीलाई समीक्षा गर्दै आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा प्रदानका लागि अघि बढ्न शुभकामना दिएका छन् ।

‘स्थापनाको मसयमा उत्साह र सक्रियताका साथ आम जनसमुदायको सपना र भविश्यसँग जोडिएको प्रतिष्ठानले आफ्नो विगतको गम्भीरतापूर्व समीक्षा गर्दै आगामी दिनमा प्रतिष्ठानलाई कस्ता बनाउने र कसरी अगाडि बढाउने भन्ने स्पष्ट कार्ययोजना बनाउन म विशेष आग्रह गर्दछु’, शुभकामना वक्तव्यमा भनिएको छ ।

पूर्वसभामुख महराले प्रतिष्ठान स्थापना गर्नु आफैमा महत्वपूर्ण कार्य भएको र अबको दिनमा गुणस्तरीय स्वास्थ्य सेवा र दक्ष जनसक्ति उत्पादनमा प्रतिष्ठानले विशेष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।