इन्द्रेणी संवाददाता
घोराही, १२ असोज । कोरोना महामारीको समयमा पनि दाङमा ३ अर्ब १६ करोड राजस्व संकलन भएको छ । जिल्लाका संघ, प्रदेशअन्तर्गतका कार्यालयहरु र स्थानीय तहमा सो राजस्व संकलन भएको हो ।
ती मध्ये संघ सरकारअन्तर्गत रहेका कार्यालयहरुले २ अर्ब ५४ करोड बढी राजस्व संकलन गरेका छन् भने प्रदेश सरकारअन्तर्गतका कार्यालयहरुले ६२ करोड १६ लाख राजस्व संकलन गरेका छन् ।
कार्यालयका अनुसार दाङमा जिल्ला अदालत, घोराही उपमहानगरपालिका, प्रगन्ना तथा बड्का पथ सिंचाइ आयोजना, जिल्ला ट्राफिक कार्यालय, नापी कार्यालय र मालपोतलगायतले सबैभन्दा धेरै राजस्व संकलन गरेका छन् । रासस