इन्द्रेणी संवाददाता
दाङ, १० असोज । दाङमा प्रहरीले दुई जनालाई पाँच किलो लागुऔषध अफिमसहित पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई चोकजाँच गर्दा ५ किलो अफिमसहित पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जनाएका छन् ।